Logo

राष्ट्रिय फुटबल टिमकाे प्रशिक्षकमा कटुवाल नियुक्त



काठमाडौँ, १६ कात्तिक । राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् ।

पाकिस्तानसँग हुन लागेको मैत्रीपूर्ण फुटबलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलवार प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फा अध्यक्ष पङ्कज नेम्वाङले कटुवाललाई मङ्गलवार नियुक्ति पत्र दिएका हुन् । कटुवालको नेतृत्वमा मच्छिन्द्र फुटबल क्बलले दुई पटक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको थियो ।

यसअघि गएको असोज ११ गते बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय टोलीको कार्यवाहाक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईं थिए । नेपाल र पाकिस्तानबीच दशरथ रङ्गशालामा कात्तिक ३० गते मैत्रीपूर्ण फुटबल हुँदैछ । पाकिस्तानको पुरुष फुटबल टोली आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्