Logo

राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई पनि अष्ट्रेलियातर्फ



काठमाडौँ, २० माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई पनि अष्ट्रेलिया गएका छन् ।

राष्ट्रिय टोलीका नियमित सदस्य राई सुरक्षित भविष्यको खोजीमा विदेशिएका हुन् ।

विशाललाई शुक्रबार बिहान मच्छिन्द्र क्लबका सहयात्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर नयाँ सिजनको लिग नजिकिदै गर्दा अष्ट्रेलिया लागेका हुन् । पछिल्लो समय खेलाडी पलायन तिब्र भइरहेको छ।

पछिल्लो दुई वर्षमा मात्र करिब दुई दर्जन राष्ट्रिय टोली र उमेर समूहमा मुलुकको प्रतिनिधित्व गरिसकेका खेलाडी अस्ट्रेलिया पुगेका छन् । अधिकांश राष्ट्रिय फुटबलहरू राष्ट्रको नेतृत्व गर्न छोडेर अस्ट्रेलियामा हुने टोलकपमा सपना बुन्दै पलायन हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्