Logo

राष्ट्रिय भलिबल टिमकाे मुख्य प्रशिक्षकमा जान जोसे डी ब्रान्ट नियुक्त



काठमाडौँ, १ फागुन । नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान जोसे डी ब्रान्ट नियुक्त भएका छन् ।

उनलाई छ महिनाका लागि नियुक्त गरिएको नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

ब्रान्ट चैतको पहिलो हप्ता नेपाल आउनेछन् र अगस्टसम्म प्रशिक्षण दिनेछन् । ब्रान्टले आवश्यकताअनुसार महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने नेपाल भलिबल सङ्घले जनाएको छ ।

ब्रान्टलाई मुख्य प्रशिक्षक बनाउन अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआईभीभी) ले सहयोग गरेको छ ।  डी ब्रान्टले यसअघि बेल्जियम र हङ्गेरीको राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्