Logo

राष्ट्रिय भूमि आयोग विघटन



काठमाडौँ, ९ चैत । सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ ।

नयाँ सत्ता समीकरण बनेलगत्तै चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोग विघटन गर्ने निर्णय गरेको हो ।

एक साताभित्र पुन: आयोग गठन गर्नेगरी उक्त आयोग विघटन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले आयोग कानुनसम्मत ढंगले एक हप्ताभित्र पुनर्गठन गर्नेगरी विघटन गरेको बताइन् ।

नयाँ बन्ने आयोगले भूमिको व्यवस्थापनको बाँकी कामलाई अघि बढाउने मन्त्री शर्माको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्