Logo

राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ



काठमाडौँ, २४ माघ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले आज पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

सोमबार नेकपा माओवादीबाट उपाध्यक्षमा उम्मेदवार बनेकी अर्याल निर्विरोध भएकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतका व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्