Logo

राष्ट्रिय सभाको बैठक मंगलबारका लागि सर्‍यो



काठमाडौँ, २५ असार । सोमबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक मंगलबारका लागि सरेको छ ।

सोमबार ११ बजे बस्नेगरी बोलाएको बैठक विशेष कारणवश भोलि ११ बजे बस्ने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसदमा अवरोध गर्दै आएको छ । सदन खुलाउन ​आइतबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेको भनिए पनि पछि सफल हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्