Logo

राष्ट्रिय सभा सदस्यमा एमालेका दसौदी विजयी



दाङ, २५ माघ । राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसौदी विजयी भएका छन् ।

सत्ता साझेदार दलको तर्फबाट साझा उम्मेदवार दसौदी ४ हजार २६ मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरेका थिए भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपचुनाव भएको हो । चुनावमा ३ सय ५ जना मतदाता रहेकामा ३ सय ४ मत खसेको थियो ।

निर्वाचित दसौदी रोल्पाको रुन्टीगढी गाउँपालिका-५ का बासिन्दा हुन् । दसौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्