काठमाडौँ, ६ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताएका छन् ।
शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भीर प्रश्नहरू रहेको भन्दै राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताए ।
ऐन बनाउँदा कुनै कमजोरी हुन नहुने पनि उनले बताए । नागरिकतासम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमति रहेको भन्दै विवादको बीचमा पारित हुने खतरा रहेको उनको भनाइ छ ।







