काठमाडौँ, २५ पुस । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीति नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता, नेपाली माटो, नेपाली जनताको जीवन सुरक्षासँग सम्बन्धित महत्वपूर्ण र संवेदनशील विषय भएकाले आ-आफ्नो जिम्मेवारीमा परेका क्रियाकलापलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
राष्ट्रिय सुरक्षा नीति-२०७५ कार्यान्वयन एकीकृत कार्ययोजना, २०७७ को प्रगति समीक्षामा उपप्रधानमन्त्री खड्काले सबै मन्त्रालय, नेपाली सेना, अरु सुरक्षा निकाय तथा सरोकारवाला निकाय सबैले पूर्ण स्वामित्व र अपनत्व लिई गम्भीरताका साथ जिम्मेवारी पूरा गर्न सुझाव दिएका हुन ।
उक्त कार्ययोजना कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने विषय एक हप्ताभित्र उपलब्ध गराउन उनले ध्यानाकर्षण गराएका छन् ।






