Logo

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयाेगमा उजुरी



काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

सिन्धुलीका युवराज पौडेल सफलले रवि लामिछाने नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिनुभएको हो ।

रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेकाले त्यही नागरिकता प्रयोग गरेर खोलेको पार्टी पनि खारेज गर्नुपर्ने निवेदकको दाबी छ । यसअघि रवि लामिछानेको नागरिकता विवादमा पनि पौडेल लगायतले नै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्