काठमाडौँ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी बैठकले गृह मन्त्रालयको विषयमा अन्तिम निर्णय गर्ने बताइएको छ ।
बैठकले सरकारमा बस्ने कि बाहिरिने विषयमा अन्तिम निष्कर्ष निकाल्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलाई गृह मन्त्रालय बाहेकका मन्त्रालय प्रस्ताव गरेपछि रास्वपा अनिर्णीत बनिरहेको छ ।







