Logo

राष्ट्रीय परिचय पत्र वितरण गर्न विर्तामोड ७ का वडाध्यक्ष नागरीकको घर-घरमा



झापा, १४ असोज । विर्तामोड नगरपालिका वडा नं. ७ को कार्यालयले घर-घरमै पुगेर राष्ट्रीय परिचय पत्र वितरण गरेको छ ।

विर्तामोड वडा नं. ७ का वडाध्यक्ष कृष्ण खरेल अबिरल नेतृत्वको टोलीले विभिन्न टोलका नागरीकको घर-घरमै पुगेर राष्ट्रीय परिचय पत्र वितरण गरेको हो ।

२०७७ सालमा खिचिएको राष्ट्रीय परिचय पत्र असोज ४ गतेबाट बितरण गर्दै आएकोमा, अशक्त जेष्ठ नागरीक, विरामी तथा विभिन्न कारणले कार्यलय सम्म पुग्न नसक्ने वडाबासीको घरघरमै पुगेर राष्ट्रीय परिचय पत्र वितरण गरीएको वडाध्यक्ष खरेलले जानकारी दिनुभयो ।

त्यसैगरी परिवारका सदस्य मृत्युभई दशगात्र (आशाैच) कर्ममा रहेकाकालाई पनि घरमै पुगेर राष्ट्रीय परिचय पत्र वितरण गरीएको उहाले जानकारी दिनुभयो ।

वडा कार्यालयबाट राष्ट्रीय परिचय पत्र वितरण अन्तिम चरणमा पुगेकोले असोज १६ गते सम्म त्यस कार्यलाई निरन्तरता दिईने वडाध्यक्ष खरेलले बताउनुु भयो । असोज १६ भित्र कार्यालयमा उपस्थित भई राष्ट्रीय परिचय पत्र लिन हुन पनि उहाले वडावासीलाई आग्रह गनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्