Logo

राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हीनताबोध गर्नु पर्दैन: लिङ्देन



काठमाडौँ, २६ पुस । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्र निर्मातालाई सम्मान गररेर जाँदा कसैले पनि हीनताबोध गर्न नपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफलमा भाग लिँदै लिङ्देनले पृथ्वीनारायण शाहले नेपालको नाम र पहिचान दिने काम गरेकाले उनलाई सम्मान गर्न हीनताबोध गर्नु नपर्ने बताएका हुन् ।

‘हामीले हाम्रो इतिहासको गौरवशाली दिनहरुको सम्मान गरेर अगाडि बढ्दा पछाडि फर्केको हुँदैन’ उनले भने, ‘पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस कुनै पार्टीको मात्र हुँदैन, कुनै विचारको मात्र दिवस होइन, हामी सबैको हो ।’

प्रतिक्रिया दिनुहोस्