काठमाडौं, ४ चैत ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरूका लागि सञ्चालन भइरहेको आवासीय अभिमुखीकरण कार्यक्रम आज समापन हुँदैछ। ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा भइरहेको उक्त कार्यक्रममा आज पार्टी सभापति रवि लामिछानेले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
मंगलबारदेखि सुरु भएको अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन सकेका थिएनन्। तर आजको समापन सत्रमा दुवै नेता उपस्थित भई सांसदहरूलाई मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममार्फत नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, जिम्मेवारी र कार्यशैलीबारे जानकारी गराइएको बताइएको छ।






