महोत्तरी, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दै छ ।
महोत्तरीको जलेश्वरमा सोमबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।
सोमबारको बैठकमा सांसदहरूले रिपोर्ट प्रस्तुत गरेका थिए । बुधबारसम्म चल्ने बैठकबाट वैचारिक, राजनीतिक विषयमा महत्वपूर्ण निर्णय हुने नेताहरूले जनाएका छन् ।







