Logo

रास्वपाको संसदीय दलको बैठक बस्दै



काठमाडौँ, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर छलफल आवश्यक भएकाले उक्त विषयमा आजको बैठक केन्द्रित हुने रास्वपाले जनाएको छ ।

उक्त बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्