Logo

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक जारी



फाइल तस्बिर

काठमाडौँ, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको बैठक जारी रहेको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरेअघि सुरु भएको हो ।

बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा छलफल गर्नेछ । यस क्षेत्रमा आउँदो वैशाख १० गते उपचुनाव हुँदैछ । यस्तै बैठकमा समसामयिक राजनीति र सङ्गठन विस्तारबारे छलफल हुने पनि बताइएको छ ।

रास्वपा रवि लामिछानेको नागरिकता विवादसँगै उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि सरकारबाट बाहिरिएको थियो । यद्यपि रास्वपाले सरकारलाई समर्थन भने जारी राखेको छ ।

आजको बैठकमा सत्तारूढ दलहरूले सरकारमा सहभागी हुन आह्वान गरेकाले यस विषयमा पनि छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्