Logo

रास्वपाको सचिवालय बैठक आज, बालेनलाई संसदीय दलको नेता बनाउने विषयमा छलफल हुने



काठमाडौं, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक बोलाएको छ। बैठक बस्ने तय भए पनि यसको समय र स्थान भने अझै टुंगो लागेको छैन।

पार्टीका अनुसार बैठकको समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिस गर्ने विषयलाई मुख्य कार्यसूचीमा राखिएको छ।

यसका साथै वरिष्ठ नेता बालेन साहलाई संसदीय दलको नेता बनाउने सम्बन्धमा आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्