काठमाडौं, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बस्ने भनिएको सचिवालय बैठक आइतबारका लागि सारिएको छ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक चैत १ गते आइतबार राखिएको हो। बैठक आइतबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंमा बस्ने बताइएको छ।
उनका अनुसार बैठकको कार्यसूचीमा समानुपातिक सांसद सिफारिस लगायत विविध विषय समावेश छन्।
यसैबीच फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जितेको छ। उक्त नतिजासँगै रास्वपा एक्लै सरकार गठन गर्ने तयारीमा रहेको बताइएको छ।







