Logo

रास्वपाको सह–महामन्त्रीबाट सुमनाको राजिनामा

सांसदको प्रभावकारी भूमिकामा जोड दिने



काठमाडौं, ४ वैशाख । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधि सभाको जिम्मेवारीमै रहने भन्दै उहाले कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा प्रस्ताव गर्नुभएको हो ।

रास्वपाको पार्टी पुनर्संरचना गर्ने चाहानालाई सहयोग पुर्‍याउन श्रेष्ठले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।

श्रेष्ठले भने राजीनामाबारे कुनै प्रतिक्रिया दिनुभएको छैन ।श्रोतका अनुसार आज बिहीबार बस्ने बैठकमा श्रेष्ठले आफ्ना कुरा राख्ने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्