Logo

रास्वपाको हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुनेछ: भूसाल



काठमाडौँ, २३ असार । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुने दाबी गरेका छन् ।

दलाल, पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको तर्क थियो ।

पार्टी निकट कानुनी व्यवसायीहरूको संगठन ‘समाजवादी पेशागत कानुन व्यवसायी संगठन’ले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भूसालले दलाल, पूँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरू अघि बढ्न सक्ने अवस्था नरहेको तर्क समेत गरेका थिए ।

उनले मुलुकमा रोजगारी सृजना गर्न र सुशासन कायम गर्न पनि दलाल पूँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने जिकिर गरे । महासचिव भूसालले दलाल पूँजीवादले मुलुकमा खडा गरेको समस्या समाधानका लागि बहस, पैरवी गर्न आग्रह गरेका हुन् ।

उनले आफ्नो पार्टी मात्रै दलाल, पूँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढ्ने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दावी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्