Logo

रास्वपाद्वारा आज बृहत्तर एकता घोषणा सभा, बालेन–उज्यालो नेपाल समूहको व्यवस्थापनपछि औपचारिक घोषणा



काठमाडौं, २१ पुष । काठमाडौँका मेयर बालेन्द्र शाह, उज्यालो नेपाल पार्टी तथा अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा गर्न लागेको छ।

रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै आज दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिने जानकारी दिएको थियो। पुस १३ र १४ गते रास्वपाले मेयर बालेन शाह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्न सहमति गरेको थियो।

आजको सभाबाट एकता प्रक्रियालाई औपचारिक पूर्णता दिलाइने र आगामी राजनीतिक कार्यदिशा सार्वजनिक गरिने रास्वपाले जनाएको छ। आइतबार बसेको पार्टी बैठकले एकताबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनका लागि पदाधिकारी थपेर केन्द्रीय समितिमा मनोनयनसमेत गरेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्