काठमाडौँ, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।
रास्वपाका प्रवक्ता डा.मुकुल ढकालले एक विज्ञप्तिमार्फत आजदेखि तय भएका प्रदेशस्तरीय बैठक तथा संगठन विस्तारका कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।
उनले विज्ञप्तिमा विशेष कारणवश कार्यक्रम स्थगित गर्नुपरेको भनेपनि पार्टी सभापति रवि लामिछानको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेपछि पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरिएका हुन् ।
उनले शुभचिन्तहरूलाई संयमित भएर प्रस्तुत हुन पनि आग्रह गरेका छन् ।







