Logo

रास्वपामा सहकार्य मोडेल टुंगिँदै, घिसिङलाई उपसभापतिको जिम्मेवारी दिने सहमति



काठमाडौं, १४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नेतृत्वको भूमिकासम्बन्धी चलिरहेको छलफल ठोस सहमतितर्फ अघि बढेको छ। पार्टी सभापति रवि लामिछाने र कुलमान घिसिङबीच भएको वार्ताले घिसिङलाई उपसभापतिको जिम्मेवारी दिने सहमतिमा रूप लिँदै गएको स्रोतले जनाएको छ।

दुवै पक्षका प्रतिनिधि सहभागी भइरहेका वार्ताले सोमबार काठमाडौंमा पुनः गरेको छलफलपछि सहमतिको ड्राफ्ट तयार गरिएको र त्यसमा हस्ताक्षर प्रक्रिया सुरु हुन लागेको बताइएको छ।

सहमतिको प्रारम्भिक मस्यौदाअनुसार घिसिङको टिमबाट १८ जना नेतालाई समानुपातिक सूचीमा समावेश गर्ने व्यवस्था रहनेछ। यसअघि पार्टीमा तय भएको सहमतिअनुसार सभापति रवि लामिछाने रहने र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहलाई आगामी सरकारका लागि प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सारिएको थियो।

यही निर्णयप्रति देखिएको असन्तुष्टि समाधान गर्न केहि चरणका वार्ता भएपछि घिसिङ र लामिछानेबीच सहमति नजिकिएको र आन्तरिक एकतालाई मजबुत बनाउने उद्देश्यका साथ सहकार्यको ढाँचा तयार भएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्