Logo

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिने



काठमाडौँ, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतवार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई यसअघि दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको सांसद सोबिता गौतमले जानकारी दिइन् ।

अहिलेको सरकारले उठाएका जनजीविकाका मुद्दाका आधारमा समर्थनलाई कायमै राख्ने निर्णय भएको उनले बताइन् ।

रास्वपाले तत्कालै सरकारमा जाने विषयमा भने कुनै पनि निर्णय गरेको छैन । सरकारमा सहभागिताको विषयमा पछि छलफल गरेर निर्णय लिइने गौतमले बताइन् ।

प्रधानमन्त्री प्रचण्डले सोमवार संसदबाट विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्