काठमाडौँ, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
अपरान्ह साढे ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल गर्ने तयारी छ ।
रास्वपाले आफ्नो भागमा परेको गृह मन्त्रालय दिन प्रधानमन्त्रीले आनाकानी गरेको विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न लागेको हो । गृह मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको रास्वपाले आज त्यसविषयमा पनि छलफल गर्दैछ ।







