Logo

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक



काठमाडौँ, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक बिहीबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने कोषाध्यक्ष बसुमाया तामाङले जानकारी दिइन् ।

उक्त बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्