Logo

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौँ, २६, फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो सोमवार केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

सत्ता समीकरण फेरबदलपछि सरकारमा सहभागी भएको रास्वपाले आगामी वैशाख १५ मा हुने उपनिर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाएको हो ।

पार्टी प्रवक्ता मुकुल ढकालले उपनिर्वाचनका लागि उम्मेदवार छनोटका विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई छाडेर एमालेसहितको नयाँ गठबन्धन बनाएपछि त्यसमा अहिले रास्वपा, जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएको छ ।

प्रतिक्रिया दिनुहोस्