Logo

रास्वपाले सरकार छाड्ने, प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै



काठमाडौँ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले सरकार छाड्ने निर्णय सार्वजनिक गरेका हुन् । पार्टी सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने बताएका छन् ।

रास्वपाका मन्त्रीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आजै राजीनामा बुझाउने भएका छन् । रास्वपाबाट मन्त्री बनेका शिक्षामन्त्री शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले सरकारबाट बाहिरिने भएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्