Logo

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार बस्ने



काठमाडौँ, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।

केन्द्रीय समितिको बैठक भोलि बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

यी दुवै बैठक काठमाडौँको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा विभिन्न विषयमा छलफल हुने उनले बताए ।

बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, राजनीतिक परिस्थितिको समीक्षा, संसदीय दलको नेता, विभागहरू गठनलगायत विषयमा छलफल हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्