Logo

रास्वपा तत्काल सरकारमा नजाने



काठमाडौँ, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।

सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि निर्णयहरू सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताए ।

उनले सत्तारूढ दलहरूले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पारेका छन् । उनले सत्तारूढ दलहरूले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरू सरकारमा नजाने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्