काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमततर्फ अग्रसर देखिएको छ। शनिवार बिहान ८ बजेसम्म रास्वपाले २० वटा सिट जितिसकेको छ भने ९९ वटा क्षेत्रमा अग्रता लिइरहेको छ।
अधिकांश क्षेत्रमा फराकिलो अग्रता रहेकाले ती सिटहरू पनि रास्वपाले जित्ने सम्भावना रहेको प्रारम्भिक विश्लेषण गरिएको छ। अहिलेको रुझान अनुसार प्रत्यक्षतर्फ मात्रै रास्वपा १३० भन्दा बढी सिट जित्ने अवस्थामा देखिएको छ। यही अनुपातमा समानुपातिक मत प्राप्त भएमा रास्वपाले प्रतिनिधि सभामा दुई तिहाइ बहुमत हासिल गर्ने अनुमान गरिएको छ।
यी हुन् रास्वपाले अहिलेसम्म जितेका निर्वाचन क्षेत्र र सांसद:
१. सन्तोष राजवंशी,मोरङ– ४
२. रुबिना आचार्य,मोरङ– ६
१.मनीष झा,धनुषा– ३
२.प्रमोदकुमार महतो,महोत्तरी– १
वाग्मती प्रदेश
१.रन्जु न्यौपाने,काठमाडौं– १
२.राजु नाथ पाण्डे,काठमाडौं– ३
३.पुकार बम,काठमाडौं– ४
४.सस्मित पोखरेल,काठमाडौं– ५
५.शिशिर खनाल,काठमाडौं– ६
६.गणेश पराजुली,काठमाडौं– ७
७.विराज भक्त श्रेष्ठ,काठमाडौं– ८
८.डोल प्रसाद अर्याल,काठमाडौं– ९
९.प्रदिप विष्ट,काठमाडौं– १०
१०.रवि लामिछाने,चितवन २
गण्डकी प्रदेश
१.धनन्जय रेग्मी,स्याङजा– १
२.उत्तम प्रसाद पौडेल,कास्की– २
३.बिना गुरुङ्ग,कास्की– ३
लुम्बिनी प्रदेश
१.कन्हैया बनिया,रुपन्देही– ४
२.सुरेश कुमार चौधरी,बाँके– १
३.खगेन्द्र सुनार,बाँके– ३







