Logo

रास्वपा संसदीय दलको बैठक बस्दै



काठमाडौँ, १० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बोलाइएको छ । दिउसो बस्ने बैठकले सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्नेछ । जाँदा आफूहरुले पाउने मन्त्रालयको संख्या र केही एजेन्डा स्पष्ट पारिने ती नेताको भनाइ छ ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्