Logo

राहुल गान्धीको राजनीतिक भेलामा नेपालको राष्ट्रिय गान बजेपछि…



भारत, १ मङ्सिर । भारतमा विपक्षी कांग्रेस दलका नेता राहुल गान्धीको एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि उनलाई सत्ताधारी भारतीय जनता पार्टीका नेताहरूले आलोचना गरिरहेका छन् ।

सत्ताधारी दलको विरोधमा ‘भारत जोडो यात्रा’ अभियान चलाइरहेका गान्धी अचेल विभिन्न क्षेत्रमा पुग्दै जनतालाई सम्बोधन गरिरहेका छन् ।

यसै क्रममा बुधवार महाराष्ट्र राज्यमा भएको भेलाका बेला पछिल्लो घटना भएको हो ।

सामाजिक सञ्जालमा फैलिएको भिडिओमा गान्धीले पार्टीको कार्यक्रममा मञ्चबाट भारतको राष्ट्र गीत बजाउन अनुरोध गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्