स्पेन, ३० साउन । साविक विजेता रियल मड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ ।
गएराति भएको खेलमा रियल मड्रिडले अल्मेरियाविरुद्ध २-१ गोलको जित निकाल्यो । रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरेका थिए ।
अल्मेरियाका लागि लार्जी रामाजानीले गोल गरे । जितसँगै साविक विजेता रियलले तीन अङ्क जोड्यो ।