Logo

रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी फाइनलमा



म्यानचेस्टर, ४ जेठ । साविक विजेता रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।

इत्तिहाद स्टेडियम म्यानचेस्टरमा गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा ४-० को तथा समग्रमा ५-१ को जितसहित सिटी फाइनलमा पुगेको हो ।

सिटी र रियल मड्रिडले पहिलो लेगमा १-१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक-एक गोल गरे । अब सिटीले उपाधिका लागि इन्टर मिलानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्