मोरक्को, २९ माघ । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्व कप च्याम्पियन बनेको छ ।
साउदी अरेबियाको अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियल मड्रिड पाँचौँ पटक क्लब विश्व कपको च्याम्पियन बनेको हो ।
मोरक्कोको रावतमा रहेको स्टेड प्रिन्स मोउले अब्दल्लाहमा गएराति रियललाई च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २-२ तथा कप्तान करिम बेन्जेमाले एक गोल गरेका थिए ।
अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरे । क्लब विश्व कपको पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै उपाधि जितेका छन् । उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्व कप जित्ने पहिलो एसियाली टिम बन्नबाट चुकेको छ ।
पाँच पटक फाइनल पुगेको रियल पाँचौँ पटक च्याम्पियन बनेको हो ।