झापा, ६ फागुन । रिलायन्स फाइनान्स लिमिटेडले उद्योग व्यवसायी तथा संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
झापाको बिर्तामोडमा चारआली, धुलाबारी र बिर्तामोड शाखालाई लक्षित गरेर शनिबार आयोजना गरिएको कार्यक्रममा १०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष जिल्ला नगरतर्फ सुरकृष्ण वैध, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, कोशी प्रदेशका प्रदेश सदस्य छविलाल चुडाल, संस्थाका कम्पनी सचिव तथा कानुन विभाग प्रमुख यजकुमार भैला लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा संस्थाका अध्यक्ष कुशबहादुर मल्ली, संस्थापक सञ्चालक सुरकृष्ण वैध र उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया लगायतले आ-आफना धारणा राखेका थिए ।
संस्थाका प्रमुख कार्यकारी प्रमुख समाज प्रकाश श्रेष्ठले संस्थाको बारेमा जानकारी दिनुका साथै मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन बिर्तामोड शाखा प्रमुख जीवन श्रेष्ठले गरेका थिए ।






