Logo

रिस पोख्न जब चिनियाँ युवकले आफू बसेको होटलभित्र कार छिराइदिए…



चीन, ४ माघ । चीनको शाङ्घाईस्थित एउटा होटलमा बसेका एक युवकले आफ्नो ल्यापटप हराएपछि होटलभित्र कार छिराएर आफ्नो रिस पोखेका छन् ।

कर्मचारीसँग विवाद भएपछि उनले सिसाको ढोकाबाट छिराएर लबीमा भएका सामानमा क्षति पुग्नेगरी जथाभावी कार चलाएका थिए। तर उक्त घटनामा कोही पनि घाइते भएनन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ती २८ वर्षे युवक पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्