Logo

रिहा भए दुर्गा प्रसाईं



काठमाडौं, १५ असोज । साइबर अपराधको आरोपमा पक्राउ पर्नुभएको मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रिहा हुनु भएको छ ।

आज काठमाडौं जिल्ला अदालतले एकलाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै प्रसाईँ धरौटी बुझाएर रिहा हुनु भएको हो । प्रसाईँविरूद्व साइबर अपराध अन्तर्गत नै दुईवटा मुद्वा दायर भएको छ ।

उहाँलाई प्रहरीले असोज गते उहाँकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्