रुकुम, ३१ वैशाख । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओली विजयी भएका छन् ।
कुल एक हजार १ सय १४ मत खसेकोमा नेकपा(माओवादी केन्द्र)का लक्ष्मण ओलीलाई १६० मतान्तरले पराजित गर्दै सुन्दर विजयी भएका हुन् ।
सुन्दर ओलीले ५७७ मत प्राप्त गर्दा लक्ष्मणले ४ सय १७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका मुस्कान ओलीको पक्षमा ४४ मत मात्र प्राप्त खसेको छ । वडा सदस्यमा स्वतन्त्र प्यानलबाटै कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन र पूर्णबहादुर बुढा विजयी भएका छन् ।
निर्वाचित अध्यक्षसहित सबै सदस्य नेकपा माओवादी केन्द्र निकट हुन् ।