रुकुम पश्चिम, ४ जेठ । रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
बिहीबार बेलुका सानीभेरी गाउँपालिका-९ हाँसीबाङको खारखोलामा रा १ त ३७९० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा मुसिकोट नगरपालिका-१४ का १८ वर्षीय हेमराज ओलीको ज्यान गएको हो । दुर्घटनामा मुसिकोट नगरपालिका-१४ का चन्द्रबहादुर खड्का र सानीभेरी गाउँपालिका-११ का शेरबहादुर परियार घाइते भएका छन् ।
घाइते दुवै जनाको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये खड्काको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि हेलिकप्टरमार्फत् अन्यत्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।







