Logo

रुखबाट खसेकाे हाँगाले लाग्दा एक जनाको ज्यान गयो



कञ्चनपुर, २३ वैशाख । रुखबाट खसेकाे हाँगाले लाग्दा कञ्चनपुरमा आज एक जनाको ज्यान गएकाे छ ।

बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका शुक्लाफाँटा नगरपालिका-८ का ४५ वर्षीय अनिल डगौराको ज्यान गएकाे हाे ।

रूखको हाँगा खसेर डगौराकाे टाउकोमा चोट लागेको थियो । उपचारका लागि महेन्द्रनगरमा रहेकाे महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले डगाैरालाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्