जाजरकोट, २८ फागुन । जाजरकोटमा रुखले च्यापिएर एक युवकको ज्यान गएको छ ।
नलगाड नगरपालिका-१ कल्पतका २४ वर्षिय केशव पुनको घर बनाउने काठ चिर्न गएको समयमा रुखले च्यापिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले घर नजिकैको जङ्गलमा काठ काट्ने क्रममा रुखले च्यापिएर गम्भीर घाइते पुनको जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।






