Logo

रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटना: ९ जनाको मृत्यु



रुपन्देही, २२ जेठ । रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । त्यस्तै २३ जना यात्रु घाइते भएका छन् ।

जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्ड रोहिणी पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको भीम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्