रुपन्देही, २३ असोज । नेकपा एमाले छाडेका नेता घनश्याम भुसालले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
रुपन्देहीमा रहेको आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर भुसालले आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले आफूले नेपालको बाम आन्दोलनलाई नयाँ उचाईमा उठाउनको लागि पनि उम्मेदवारी दिएको बताए । उनले आफूलाई सत्ता गठबन्धनका दलको समर्थन रहने पनि बताएका छन् ।
उनले गठबन्धनको सहयोगमा उम्मेदवार बनेकाले आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन् । सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही-१ माओवादीको भागमा परेको छ । माओवादीले घनश्याम भुसालले उम्मेदवारी दिएमा सहयोग गर्ने बताइसकेको छ ।







