रुपन्देही, २३ असोज । नेकपा (एमाले) परित्यागका गरेका नेता घनश्याम भुसालले आइतबार रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
आइतबार बिहान आफ्नो घरमा पत्रकार सम्मेलन गरेर उनले आफू स्वतन्त्र वामपन्थी विचारकका रुपमा उमेदवार बन्न लागेको जानकारी दिएका थिए ।
भुसाललाई सत्ता गठबन्धनले समर्थन गरेको छ । यहाँ गठबन्धनबाट प्रदेशतर्फ (क)मा नेपाली कांग्रेसका विश्वनाथ यादव र (ख)मा कांग्रेसकै अब्दुल रज्जाकले उम्मेदवारी दिएका छन् ।







