Logo

रुपन्देही १ मा भुसाल तेस्रो स्थानमा



रुपन्देही, ६ मङ्सिर । रुपन्देही क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाल मत गणनाको पछिल्लो परिणाम अनुसार तेस्रो स्थानमा छन् । एमालेका उम्मेदवार छविलाल विश्वकर्मा एक हजार सात सय ३८ मतका साथ अग्रस्थानमा छन् । नागरिक उन्मुक्ति पार्टीका लालवीर चौधरीले एक हजार पाँच सय ९७ मतका साथ दोस्रो स्थानमा छन् भने सत्तागठबन्धनका स्वतन्त्र उम्मेदवार बनेका भुसाल एक हजार चार सय चार मत ल्याएर तेस्रो स्थानमा छन् ।

भुसाल उम्मेदवार दर्ताको केहीदिन अघि नेकपा एमाले परित्याग गरि गठबन्धनको समर्थनमा उम्मेदवार बनेका थिए । रुपन्देही १ मा नेकपा (माओवादी केन्द्र)को भागमा परेको थियो । तर, भुसालले एमाले त्यागेर स्वतन्त्र उठ्ने भएपछि गठबन्धनले समर्थन गरेको हो ।

रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा मध्ये १ र ५ मा एमाले, २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, ३ मा कांग्रेस, र ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्