Logo

पुटिननिकट व्यापारीद्वारा अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार



रुस, २२ कात्तिक । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट मानिएका व्यापारी येभगेनी प्रिगोजिनले अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार गरेका छन् ।

वासिङ्टन तथा युरोपेली देशले प्रतिबन्ध लगाएका प्रभावशाली रूसी व्यवसायी प्रिगोजिनले अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार गरेका हुन् ।

‘अमेरिकी चुनावमा हामीले हस्तक्षेप गर्यौँ र गरिरहेका छौँ’, ६१ वर्षीय प्रिगोजिनको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था ब्लूमबर्गले उल्लेख गरेको छ । यसअघि उनलाई मतदानको परिणाम प्रभावित गर्न ‘ट्रोल फ्याक्ट्री’ चलाएको आरोप लागेको थियो । अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ ।

मध्यावधि चुनाव प्रचारको अन्तिम दिन हिजो यो घोषणा प्रकाशित गरिएको थियो । यो घोषणालाई केही विश्लेषकहरूले प्रमाणको रूपमा व्याख्या गरी प्रिगोजिनले रूसमा सम्भावित राजनीतिक भूमिकाको खोजी गरिरहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्