काठमाडौँ, १ असोज । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो युद्धको लागि उचित समय नभएको बताएका छन् ।
रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि उज्वेकिस्तानको समरकन्दमा भएको पहिलो भेटमा मोदीले पुटिनलाई आजको समय युद्धको लागि उपयुक्त समय नभएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मोदीले लोकतन्त्र, कुटनीति र संवादको महत्त्वमा जोड दिएका छन् ।
रूस भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो । भेटमा उनीहरुबीच शान्ति र स्थायित्वमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको खबरमा उल्लेख छ । पुटिनले जतिसक्दो चाँडो युद्ध अन्त्य गर्न प्रयास गर्ने तर युक्रेनले वार्तालाई अस्वीकार गरेको जवाफ दिएका छन् ।